गुगल तस्बिर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका क्षेत्रमा २ सय ६० वटा शिक्षण संस्थाहरु सञ्चालनमा रहेका छन् । उपमहानगरपालिकाको १९ वटा वडाभित्र प्रारम्भीक बाल विकास कक्षादेखि स्नात्तकोत्तर तहसम्म पठनपाठन हुने २ सय ६० वटा शैक्षिक संस्थाहरु सञ्चालनमा रहेका हुन् ।

हेटौंडा उपमहानगर क्षेत्रमा एक सय १२ वटा बालविकास कक्षा, ७७ वटा सामुदायिक विद्यालय, ४७ वटा संस्थागत विद्यालय, ३ वटा परम्परागत विद्यालय, ३ वटा खुला विद्यालय, १० वटा क्याम्पस र ८ वटा सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा रहेका छन् । उपमहानगरपालिकामा सामुदायिकतर्फ कक्षा ५ सम्म सञ्चालनमा रहेका आधारभूत विद्यालय २६ वटा र कक्षा ८ सम्म सञ्चालनमा रहेका आधारभूत विद्यालय २२ वटा रहेका छन् । यस्तै, कक्षा १० सम्म पठनपाठन हुने माध्यमिक विद्यालय १५ वटा र कक्षा १२ सम्म पठनपाठन हुने माध्यमिक विद्यालय १४ वटा छन् । संस्थागततर्फ कक्षा ५ सम्म पठनपाठन हुने आधारभूत विद्यालय ८ वटा र कक्षा ८ सम्म पठनपाठन हुने आधारभूत विद्यालय ३ वटा छन् । कक्षा १० सम्म पठनपाठन हुने माध्यमिक विद्यालय ३४ वटा र कक्षा १२ सम्म पठनपाठन हुने माध्यमिक विद्यालय २ वटा रहेका छन् ।

वि.सं २०७७ को विद्यालय विवरणअनुसार सामुदायिक विद्यालयतर्फ आधारभूत विद्यालय कक्षा १ देखि ५ सम्म छात्रा ५ हजार ६५ जना, आधारभूत विद्यालय कक्षा ६ देखि ८ सम्म छात्रा ३ हजार ६ सय २२ जना, छात्र ३ हजार ४ सय ७९ जना छन् । माध्यमिक तह कक्षा ९ देखि १० सम्म छात्रा २ हजार ६ सय ५७ जना, छात्र २ हजार ६ सय १६ जना, माध्यमिक तह कक्षा ११ देखि १२ सम्म छात्रा एक हजार ७ सय ८ जना, छात्र एक हजार ३ सय ६० जना रहेका छन् । यसैगरी संस्थागत विद्यालयतर्फ आधारभूत तह कक्षा १ देखि ५ सम्म छात्रा ४ हजार ७४ जना, छात्र ५ हजार ३ सय ३२ जना, आधारभूत तह कक्षा ६ देखि ८ सम्म छात्रा २ हजार, छात्र २ हजार ६ सय ८५ जना छन् । माध्यमिक तह कक्षा ९ देखि १० सम्म छात्रा एक हजार ५४ जना, छात्र एक हजार ५ सय ४९ जना तथा माध्यमिक तह कक्षा ११ देखि १२ सम्म छात्रा ३४ जना र छात्र ३३ जना रहेको शिक्षा विकास महाशाखा हेटौंडाले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाकोे कार्यालयको तहगत शिक्षक दरबन्दी विवरणअनुसार उच्च माध्यमिक तह (कक्षा ९–१२) मा २९ जना शिक्षक दरबन्दी रहेको छ । सामुदायिक विद्यालयकै माध्यमिक तहको दरबन्दीमा ८५ वटा र माध्यमिक तह राहतमा ४२ वटा गरी माध्यमिक तहमा जम्मा १ सय २७ जना शिक्षक छन् । निम्नमाध्यमिक तहको दरबन्दीमा ८६ र निम्नमाध्यमिक तहको राहतमा ७७ जना गरी निम्नमाध्यमिक तहमा जम्मा एक सय ६२ जना शिक्षक रहेका छन् । यस्तै, प्राथमिक तहको दरबन्दीमा ४ सय २३ र राहतमा ९० जना गरी प्राथमिक तहमा जम्मा ५ सय १२ जना शिक्षक रहेको उपमहानगरको शैक्षिक प्रतिवेदनमा उल्लेख छ ।

उपमहानगर क्षेत्रमा संस्कृत वेद विद्यालय हेटौंडा—१०, सिर्जनशील बौद्व अनाथ प्रावि हेटौंडा—१९, मदरसा दारुल कुरान हेटौंडा—१ गरी ३ वटा परम्परागत विद्यालयहरु रहेका छन् । यसैगरी चौघडा सामुदायिक सिकाइ केन्द्र हेटौंडा—६, थाहा सामुदायिक सिकाइ केन्द्र हेटौंडा—४, परिवर्तन सामुदायिक केन्द्र हेटौंडा—३, आधुनिक महिला जा. सामुदायिक केन्द्र हेटौंडा—१२, चुरियामाई सामुदायिक केन्द्र हेटौंडा—१५, दोभानचौर सामुदायिक केन्द्र हेटौंडा—१८, एकीकृत सामुदायिक अध्ययन केन्द्र हेटौंडा—२ र प्रगतिशील सामुदायिक अध्ययन केन्द्र हेटौंडा—९ गरी ८ वटा सामुदायिक सिकाई केन्द्रहरु रहेका छन् ।
हेटौंडा उपमहानगरपालिका भित्र मकवानपुर बहुमुखी क्याम्पस हेटौंडा—२, हेटौंडा स्कूल अफ मेनेजमेन्ट हेटौंडा–४, नारायणी कलेज हेटौंडा—१०, हेटौंडा क्याम्पस हेटौंडा—४, जेनिथ इन्टरनेशनल कलेज हेटौंडा—५, वंशगोपाल क्याम्पस हेटौंडा—६, जनप्रिय क्याम्पस हेटौंडा—१६, निर्मल बहुमुखी क्याम्पस हेटौंडा—१९, महेन्द्र बहुमुखी क्याम्पस हेटौंडा—१३, ललितकला क्याम्पस हेटौंडा—१८, वन विज्ञान अध्ययन संस्थान हेटौंडा—१० गरी १० वटा क्याम्पसहरु रहेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुमतिमा सञ्चालित प्राविधिक विद्यालयहरु जनप्रिय मावि र भूटनदेवी मावि रहेका छन् । खुला विद्यालयहरु सिद्वार्थ माध्यमिक विद्यालय, अमर माध्यमिक विद्यालय र लक्ष्मी आधारभूत विद्यालय रहेका छन् ।

चन्द्रोदय माध्यमिक विद्यालय हेटौंडा—८, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौंडा—४, जनप्रिय माध्यमिक विद्यालय हेटौंडा—१६ नमुना विद्यालयका रुपमा छनौट भइसकेका छन् । चन्द्रोदय र आधुनिकको भौतिक संरचना निर्माणाधीन रहेका छन् भने जनप्रियको भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ । वि.स २०६८ को जनगणनाअनुसार मकवानपुरको औसत साक्षरता ६७ दशमलब ८५ प्रतिशत रहेको छ । जसमा पुरुषको साक्षरता ७५ दशमलब ४१ प्रतिशत र महिलाको साक्षरता ६० दशमलब ५९ प्रतिशत रहेको छ । नेपालको औसत साक्षरता दरभन्दा मकवानपुरको साक्षरता दर बढी रहेको देखिन्छ ।