एउटै व्यक्ति विभिन्न विधामा पहिलो बन्न सक्छ । बहुमुखी प्रतिभाका मान्छे धेरै भेटिन सक्छन् । यो किताबमा उल्लेखित महिलाहरु एकै विधामा मात्र नभै अनेकन् क्षेत्रमा ख्याती प्राप्त समेत भएको विवरण दिई लेखकले प्राचिनकालदेखि ऐतिहासिकता, धार्मिकता, संस्कृति, राजनीति, शिक्षा, साहित्य, खेल, संगितलगायतका विधा र क्षेत्रका प्रथम महिलाको थप जानकारी हासिलको अवसर प्रदान गर्नु भएको छ । यस आलेखमा टिप्पणीकर्ता वा समिक्षक बन्ने मेरो धृष्टता कदापी होईन । निर्मल कुमार आचार्य एक कुशल, सक्षम र आदरणीय शिक्षक, पत्रकार, सम्पादक तथा लेखक हुनुभएको तथ्य यहाँ व्याख्या गरिरहन नपर्ला । निर्मल सरको विषयमा यहाँ चर्चा गर्नु भन्दा पनि उहाँको ४५४ पृष्ठको १०१ जना प्रथम नेपाली महिला नामको किताब एक पटक पढ्दा रोचकशैली र प्रस्तुती तथा ज्ञानको गहिरोपनबाट उहाँलाई चिन्न कठिन नहुनेमा विश्वस्त बन्दै सो किताबमा उल्लेखित महिलाहरुको नाम र एक पहिचान भने यहाँ प्रस्तुत गर्दा थप सहजताको अपेक्षा गरेको छु ।

१. सीता— पौराणिक कालकी आदर्श चरित्रयुक्त प्रथम राष्ट्रिय विभूती ।
२. गार्गी /वाचक्नवी – (अध्यात्म र शास्त्रार्थमा प्रसिद्ध महाविदुषी)
३. भृकुटी – (बौद्ध दर्शनको प्रचारिका ऐतिहासिक राष्ट्रिय विभूती)
४. राजेन्द्र लक्ष्मी शाह – नायव पदवी सहित शासनसत्ता सम्हाल्ने
५. योगमाया न्यौपाने (सन्त कवयित्री र विद्रोही संगै त्याग वलिदानकी अनुपम प्रतिमूर्ति)
६. चन्द्रकान्ता देवी मल्ल (जोशी ) कन्या पाठशालाकी संस्थापिका.शैक्षिक अभियन्ता
७. सुनमाया (मेलवा देवी)गुरुङ गीत रेकर्ड गराउने सांगितिक आकाशकी चम्किलो नक्षत्र ।
८. भक्त कुमारी घले – पौरखी, साहशी र संघर्षशील समाजसेवी महिला ।
९. कान्तीराज्य लक्ष्मी देवी शाह – त्रिभुवन विश्वविद्यालयको पहिलो कुलपती ।
१०. ईश्वरीराज्य लक्ष्मी देवी शाह – त्रिभुवन विश्वविद्यालयको पहिलो सह कुलपती ।
११. मोतीलक्ष्मी तुलाधर — नेपाल भाषा साहित्यमा कथा तथा निबन्ध दुबै विधा प्रारम्भकर्ता
१२. दिलकुमारी श्रेष्ठ – (मेची आमा) समाजसेवी र समाज सुधारक तथा रुपान्तरणकर्ता ।
१३. द्वारिका देवी ठकुरानी — निर्वाचित प्रथम नेपाली महिला सांसद र उपमन्त्री – वि.स.२०१५ मा निर्वाचन क्षेत्र नं.६६ डंडेल्धुराबाट ।
१४. जगदम्बा कुमारी देवी — मदन पुरस्कार गुठीको स्थापक – वि.सं. २०१२ मंसिर २८ मा
१५. प्रजाराज्यलक्ष्मी देवी सिंह — राष्ट्रिय पंचायतमा निर्वाचित उपाध्यक्ष हुने प्रथम महिला वि.सं. २०२५ असार १४ मा ।
१६. ज्ञानी शाह — नेपाली सेनामा प्रथम महिला अधिकृत र सेनामा पहिलो नर्स ।
१७. पुण्यप्रभा ढुंगाना — महिला जागरण आन्दोलनकी नेतृ र अखिल नेपाल महिला संघको जन्मदातृ तथा संस्थापक अध्यक्ष ।
१८.साधना प्रधान — चुनाव लड्ने र जित्ने प्रथम महिला । पहिलो महिला सम्पादक । संघर्षशील ब्यक्तित्व र विद्रोही प्रवृत्तियुक्त ।
१९. मंगलादेवी सिंह —नेपाल महिला संघकी संस्थापक अध्यक्ष । संघर्षशील ब्यक्तित्व र विद्रोही प्रवृत्तियुक्त ।
२०. सहाना प्रधान — राजनीतिक दलको प्रथम नेपाली महिला संस्थापक अध्यक्ष । २०५४ फागुन २१ गते तत्कालिन एमाले विभाजनबाट बनेको माले पार्टीको ।
२१. कमल राणा—नेपालको संसदीय इतिहासमा माथिल्लो सदन (महासभा) को पहिलो महिला उपाध्यक्ष । वि.सं.२०१६ श्रावण ०६गते ।
२२. सुशिला थापा — नेपालको इतिहासमा पहिलो महिला मन्त्री । वि.सं.२०४४ सालमा स्वास्थ्य मन्त्री ।
२३. चन्द्रकला किरण महत — पहिलो महिला सचिव सन १९८१ मा स्वास्थ्य मन्त्रालयको ।
२४. रुपकुमारी गुरुङ – (डाक्टर्नी आमा) पहिलो स्टाफ नर्स । मकवानपुरको सुनाचुरी निवासी ।
२५. कोईलीदेवी माथेमा — प्रथम नेपाली महिला संगितकार । शास्त्रीय संगितमा रुची भएकी ।
२६. मछरीदेवी चित्रकार — नेपालमा गाडी हाँक्न लाईसेन्स लिने प्रथम नेपाली महिला । वि.सं. २००९ साल जेठ २९गते ।
२७. भद्रकुमारी घले — नेपाल महिला संगठनकी पहिलो महिला अञ्चल सभापति । वि.सं. २०१९
२८. अंगुरबाबा जोशी — प्रथम नेपाली महिला “बार एट ल” र पहिलो महिला प्रिन्सिपल सन १९६२ मा पद्यकन्या कलेज साथै संवैधानिक आयोगको सदस्य पनि ।
२९. सुनिता मलेकु (सानुमैया) — पहिलो नेपाली महिला सिलाई प्रशिक्षिका । सिलाईमै स्नातक ।
३०. उमादेवी दास क्षेत्री — र्निर्सङ विषयमा पिएचडी गर्ने पहिलो नेपाली महिला । सन १९८४ ।
३१. सिस्टर निर्मला (कुसुम जोशी/रेग्मी)—मदर टेरेसाकी पहिलो नेपाली महिला उत्तराधिकारी ।
३२. उमा पाण्डे — लोक सेवा आयोगमा पहिलो महिला सदस्य । वि.सं.२०४१ साल वैशाखमा ।
३३. वृन्दा (वृन्देश्वरी) शाह — नेपालकी प्रथम महिला राजदुत । भारतका लागि सन् १९८८ मा ।
३४. रानुदेवी अधिकारी — नेपाली रेडियोमा पहिलो गायिका ।
३५. पारिजात (विष्णुदेवी वाईबा/छेकुडोल्मा) — मदन पुरस्कार पाउने पहिलो महिला साहित्यकार
३६. मीना रोक्का (धन घिमिरे) — निजामती सेवामा प्रवेश गर्ने पहिलो नेपाली महिला । वि.सं. २०१० साल भाद्र ०१गते । पद—अप्रेन्टिस । मासिक तलब रु. ५५।
३७. सानुनानी राजकर्णिकार — नेपालकी प्रथम महिला प्रधानाध्यापिका । वि.सं २०१६ सालमा ।
३८. रामवदन जोशी— गल्र्स स्काउटमा पहिलो मुख्य आयुक्त ।
३९. शान्ति मिश्र —प्रथम नेपाली महिला पुस्तकालयाध्क्ष । त्रिविवि केन्द्रीय पुस्तकालयको ।
४०. डा. हिरादेवी डंगोल — विश्व चिकित्सक संघको “केयरिङ फिजिसियन अफ वल्र्ड” बाट सम्मानित हुने प्रथम नेपाली महिला ।
४२. उर्मिला उपाध्याय गर्ग — प्रथम नेपाली महिला कलाकार । आधुनिक कला प्रदर्शनीमा चर्चित
४३. शिलु (सुशिला) सिंह — प्रथम नेपाली महिला अधिवक्ता । लाईसेन्स नं. ७३ । वि.सं. २०२० ।
४४. ईन्दिरा श्रेष्ठ — स्नातक क्षेत्रबाट राष्ट्रिय पंचायतमा निर्वाचित हुने पहिलो महिला ।
४५.सुप्रभा घिमिरे — नेपाल प्राध्यापक संघमा प्रथम महिला अध्यक्ष ।
४६. केशरी लक्ष्मी मानन्धर —सन १९६९मा विद्यावारिधि गरेर पहिलो महिला कृषि वैज्ञानिक ।
४७. डा. प्रभा बस्नेत—गृहविज्ञान शिक्षाशास्त्र विषयमा विद्यावारिधि गर्ने प्रथम नेपाली महिला ।
४८. शारदा श्रेष्ठ — प्रथम नेपाली महिला न्यायाधिस ।
४९. उषा नेपाल — पहिलो महिला सिडिओ । वि.सं. २०४७ फागुनमा सिडिओ बनेकी थिईन ।
५०. शैलजा आचार्य — प्रथम नेपाली महिला उपप्रधान मन्त्री । वि.सं. २०४७ वैशाख ०३ गते ।
५१. शान्ती मल्ल — नेपालकी पहिलो महिला ईञ्जिनियर ।
५२. अञ्जलीदेवी मास्के — सार्वजनिक रुपमा सामुहिक भाइटिका गरेर हज्जारौंलाई दाजुभाई बनाउँदै आएकी पहिलो नेपाली महिला अञ्जली दिदी ।
५३. सानुनानी कंसाकार — अभिलेख विज्ञानमा स्नातकोत्तर गर्ने पहिलो नेपाली महिला ।
५४. डा. पुष्पा श्रेष्ठ — राष्ट्रिय योजना आयोगमा पहिलो महिला सदस्य । सन् २००२ मा ।
५५. ओमुटेम्पा लामा — पहिलो नेपाली महिला जिल्ला सभापति । वि.सं.२०३९ मा मकवानपुर ।
५६. लक्ष्मी राणा खाँण — सितारमा स्नातकोत्तर गर्ने पहिलो नेपाली महिला । वि.सं. २०२९ मा ।
५७. तोया गुरुङ — प्राज्ञ परिषदमा पहिलो महिला सदस्य । नेपाल प्रज्ञा प्रतिष्ठानको २०५६ मा ।
५८. दुर्गा पोखरेल “बुथुरी” — राष्ट्रिय महिला आयोगको अध्यक्ष । २०५८ साल फागुन २३ गते ।
५९. लीला श्रेष्ठ सुब्बा — नेपालको प्रथम महिला उपसभामुख । २०५४÷०१÷२३ मा एमालेबाट ।
६०. ईन्दिरा जोशी — प्रथम नेपाली महिला पथप्रदर्शक (गाईड) ।
६१. डा.कादम्बरी आचार्य — प्रथम नेपाली महिला आयुर्वेदाचार्य । वि.सं. २०२७ सालमा ।
६२. भुवन चन्द( भुवनेश्वरी थापा) — नेपाली चलचित्र जगतकी प्रथम नायिका ।
६३. रेहना वानु सैयद — नेपाली मुसलमान समुदायकी प्रथम स्नातकोत्तर महिला । त्रिविविबाट सन १९७१ मा नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विषयमा ।
६४.लक्ष्मी शर्मा — प्रथम नेपाली महिला ट्याम्पो चालक तथा महिला उद्यमी । वि.सं.२०३८ मा ।
६५. बेटी वज्राचार्य — नृत्यकला विषयमा स्नातकोत्तर गर्ने प्रथम महिला । कत्थक नृत्य विशेष ।
६६. सुशिला पाण्डे मानन्धर — नेपाल उद्योग वाणिज्य संघको प्रथम महिला कार्यालय प्रमुख ।
६७. प्रमिला उपाध्याय पौडेल — जासुसी उपन्यास लेख्ने प्रथम नेपाली महिला । “दुई हत्या एक भेद”
६८. डा. भारती याकथुम्बा गुरुङ — पहिलो नेपाली महिला एस.पी.(प्रहरी उपरिक्षक) ।
६९. नारायणदेवी प्रधान — इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार पाउने प्रथम नेपाली महिला ।
७०. लक्ष्मी मास्के — प्रथम नेपाली महिला पिडिओ/एलडिओ (स्थानीय विकास अधिकारी) ।
७१. मुनकुमारी शाक्य — नेपालकी प्रथम महिला फ्लाईट डिस्प्याचर (उडान निर्देशक) ।
७२ डा.सुधा शर्मा — नेपाल चिकित्सक संघमा पहिलो नेपाली महिला अध्यक्ष ।
७३. कल्पना घिमिरे — फ्रान्सको अत्यन्तै गौरवशाली पुरस्कार शभालिए हँ लो द हे पाल्म आकादेमिक पुरस्कार पाउने पहिलो नेपाली महिला । सन् २००३ मा ।
७४. इन्दिरा प्रसाईं — नेपाली भाषा साहित्यका क्षेत्रमा चर्चित, पहिलो मन्त्रालयमा सल्लाहकार ।
७५. शशिकला मानन्धर — नेपाल(नेवार) भाषामा उपन्यास लेख्ने पहिलो महिला ।
७६. पार्वती थापा मगर — जिल्ला प्रहरी कार्यालय प्रमुख हुने पहिलो महिला ।
७७. डा. अनोजा भिक्षुणी (शारदा मानन्धर) — बौद्ध दर्शनमा विद्यावारिधि गर्ने पहिलो भिक्षुणी ।
७८. डा. मन्जु दाहाल — अकुपञ्चर चिकित्सा पद्धतिमा उच्च शिक्षा हासिल गर्ने पहिलो महिला ।
७९. पासाङ ल्हामु शेर्पा — प्रथम नेपाली महिला सगरमाथा आरोही । वि.सं.२०५० बैशाख १० गते ।
८०. सरस्वती पोख्रेल — नेपाल संस्कृत विश्वविद्यालयबाट नव्यव्याकरण विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्ने पहिलो नेपाली महिला ।
८१. सुचिता खनाल — शेयर कारोबारका लागि प्रथम नेपाली महिला दलाल(ब्रोकर) ।
८२. मिलन शेरचन — नेपालको ललितकलाका क्षेत्रमा “हानानो ओसिवाना” कला प्रवेश गराउने ।
८३. रमा सिंह — नेपाल टेलिभिजनमा पहिलो नेपाली महिला समाचारवाचक ।
८४. विन्द्रा हाडा — निजामती सेवामा खुल्ला प्रतिस्पर्धाबाट सहसचिव बन्ने पहिलो महिला ।
८५. लुना भट्ट — एसएलसीमा बोर्ड फस्र्ट गर्ने पहिलो नेपाली महिला ।
८६. सीमा शर्मा शाह — छापाचित्र(ग्राफिक) विषयमा विद्यावारिधि गर्ने प्रथम नेपाली महिला ।
८७. रक्षा राणा — प्रथम नेपाली महिला विमानचालक ।
८८. प्रा.डा.पलेस्वाँ जोशी लाखे र डा.सुजी श्रेष्ठ — प्रथम नेपाली महिला सर्जन (शल्यचिकित्सक)

८९. पेम्बा डोमा शेर्पा — उत्तरी मोहडाबाट सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला ।
९०. सीता ज्ञवाली — दृष्टिविहीन महिलामध्ये स्नातकोत्तर गर्ने प्रथम नेपाली दृष्टिविहीन महिला ।
९१. कल्पना शर्मा — प्रथम नेपाली महिला रेफ्री । यी हेटौंडाकी बासिन्दा हुन् ।
९२. रुवी राणा शाह — प्रथम नेपाल सुन्दरी (मिस नेपाल) । वि.सं. २०५१ सालमा ।
९३. उषा तितिक्षु तिवारी — नेपालकी प्रथम महिला फोटो पत्रकार ।
९४. सुमित्रा दंगाल — नेपालकी प्रथम महिला ट्याम्पो (स्टयेरिङबाट चल्ने) चालक ।
९५. तारा घिमिरे — प्रथम नेपाली भागवत वाचिका । प्रवचन तथा भागवत वाचनमा रुची ।
९६. सविता राजभण्डारी — एशियाली खेलकुदमा पदक पाउने प्रथम नेपाली महिला ।
९७. मन्जु प्रजा (चेपाङ) —चेपाङ जातिमा एसएलसी गर्ने पहिलो छात्रा । वि.सं. २०५० मा ।
९८. प्रतिष्ठा अमात्य —गिनिज बुक अफ वल्र्ड रेकर्डमा नामराख्ने पहिलो नेपाली महिला । स्मरणशक्ति विधामा विशिष्ट प्रतिभा प्रदर्शन गरेबापत ।
९९. उमा राजभण्डारी — पहिलो नेपाली महिला लाईफ गार्ड । पौडीखेलमा ।
१००. मोनी मुलेपती शेर्पा — सर्वोच्च शिखर सगरमाथाको शिरमा पुगेर विवाह गर्ने पहिलो महिला । वि.सं. २०६२ जेठ १६ गते पेम दोर्जी शेर्पासँग ।
१०१. निर्मला ज्ञवाली — अमेरिकी पूर्ण छात्रवृत्ति पाउने दृष्टिविहीन प्रथम नेपाली महिला ।

अन्तमा, प्रथम नेपाली महिला जस्तै खोजमूलक र यथार्थपरक, निर्मल आचार्य सरबाट रचित थप साहित्यिक कृतिहरु अध्ययनको पर्खाईमा रहेकाहरुको प्यास मेटिने छ भन्नेमा विश्वस्त छु ।
धन्यवाद ।