व्यवसायी अधिकारीलाई स्वागत गर्नुहुँदै नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँ ।

हेटौंडाः नेकपा एमाले निकट मकवानपुरका व्यवसायी राजु अधिकारी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । नेकपा एमालेको संगठित सदस्य अधिकारीलाई सोमबार बिहान नेपाली कांग्रेसको बागमती प्रदेश समितिको हेटौंडास्थित कार्यालयमा नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले स्वागत गर्नुभयो ।

एमालेको संगठित सदस्य रहँदै आएकोमा कर्म गर्ने व्यवसायीलाई कदर गर्ने पार्टी कांग्रेस नै भएको ठहर गर्दै कांग्रेस प्रवेश गरेको अधिकारीको भनाइ छ । मकवानपुर उद्योग वाणिज्य संघको वस्तुगततर्फका उपाध्यक्ष अधिकारी कुखुरा व्यवसायी संघ मकवानपुरको निवर्तमान अध्यक्ष, नेपाल अण्डा उत्पादक संघको केन्द्रीय समिति सदस्य, नेपाल कुखुरा बजार व्यवस्थापन संघको केन्द्रीय उपमहासचिव हुनुहुन्छ । अधिकारी पोल्ट्री व्यवसायमा मकवानपुर जिल्लाकै अगुवा व्यवसायीको रुपमा चिनिनुहुन्छ ।