स्थलगत रुपमा लेखिएका कविता वाचन गर्नुहुँदै ।

हेटौंडाः साहित्य संगम मकवानपुरले शनिबार पुन्य क्षेत्रमा स्थलगत रचना लेखन कार्यक्रम गरेका छन् । ३१७ औँ नियमित साहित्य सन्ध्यामा स्थलगत रचना लेखन कार्यक्रम गरिएको हो । लेखिएका १६ वटा रचनाहरु स्थलगत रुपमा नै एकल वाचन समेत गरिएको छ ।

कार्यक्रम साहित्य संगम मकवानपुरको अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख अतिथ्यमा भएको हो । स्थलगत रचना लेखन विशेषगरी नयाँ पुस्ताको लेखन क्षमतालाई वृद्वि गराउने उद्देश्यले गरिएको न्यौपानेले बताउनुभयो । भावी दिनमा पनि अन्य क्षेत्रमा स्थलगत नै कार्यक्रम गरिने बताउनुभयो ।

रजनी अधिकारीले कर्मको महत्त्व, रितिक केबीले माया एक सर्वनाम, अनिल कोइरालाले पुन्य क्षेत्र र म, ईलिशा पराजुलीले झरना, गंगा सापकोटाले गुनासो, सवित्री ढुङ्गानाले पुष्पालत्ता र संप्रस पौडेलले अर्कैको कविता शिर्षकमा कविता वाचन गर्नुभयो ।

यसैगरी यमन्त उत्प्रेरकले वशान्ति पात शिर्षकमा हाइकु वाचन गर्नुुुभयो भने सानु खनालले प्रकृतिसँग एकछिन र स्वास्तिका दाहालले प्रकृति शिर्षकमा कविता वाचन गर्नुभयो । जनार्दन शर्माले साहित्य संगमलाई शुभकामना, बिष्णु गौतमले अरन ताप्न थाल्यो, राजकुमार लामिछानेले कुरा पुन्य क्षेत्रका, देवराज तिवारीले ओ मेरी प्रकृति, माधव पोखरेलले म ढुंगा र तुल्सी थापाले प्रकृति मञ्च शिर्षकमा कविता वाचन गर्नुभयो । कार्यक्रम साहित्यकार मुक्ति गोविन्द वैद्य, मनोज पोखरेल, पत्रकार महेन्द्र ओझा लगायत साहित्यकारहरुको उपस्थिति थियोे ।