हेटौंडाः गत शुक्रबार एक महिलामाथि छुरा प्रहार गर्ने व्यक्तिलाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन । हेटौंडा–७ हरियाली टोलका २४ वर्षीय अनिशा राईलाई आफ्नै घर आसपासको क्षेत्रमा हेटौंडा–५ स्थित घर भएका २९ वर्षीय सिर्जन यादबले छुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिर्जनको खोजी कार्य भइरहेको जनाएको छ ।
मकवानपुर बहुमुखी क्याम्पसमा स्नातकोत्तर (एमएड) तेस्रो सेमेस्टरमा अध्ययनरत अनिशालाई प्रेम प्रस्ताव अस्विकारको नाममा छुरी प्रहार गरेका हुन् । अनिशा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल सदस्य, सानाहातहरु नेपालका सदस्य, सुरक्षित वैदेशिक रोजगार परामर्श दाताको रुपमा कार्यरत छन् ।
मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको संजाल मकवानपुरका अध्यक्ष आरती पाठकले आईतबार सामाजिक संजालमा अपराधिक मानसिकता कहिलेसम्म,कता जाँदै छ समाज भन्दै प्रश्न गर्नुभएको छ । राई आफ्नो कार्यलयको जिम्मेवारी पुरा गरि घर फर्किने क्रममा छुरा प्रहार भएको बताउनुहुँदै दोषीलाई कारबाहीको माग गर्नुभएको छ । हेटौंडाको चुरेहील अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि अनिशालाई काठमाण्ठौ स्थित ट्रमा सेन्टरमा पठाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।