स्वर्गीय साहित्यकार डा.गणेशकुमार पौडेल

म पागल होइन
अर्ध पागल पनि होइन
मलाई सनक चढेको छैन
समाजले मेरो धर्म देख्दैन

मेरो कर्म चिन्दैन
मलाई मान्छे ठान्दैन
त्यसैले मलाई हिजो आज
बोल्न मन लाग्दैन ।।

म मानव भएर जन्मेको हो
मेरो आत्मा परमात्माकै हो
तर मेरो मुलभूत चरित्र
परमात्माको जस्तो हुन सकेन

तैपनि मेरो शरीर सामथ्र्य छ
परमात्माको चरित्र धारणा गर्न सक्छ
मैले हाँसिल गरेको शिक्षाबाट
मैले गर्ने रोगको उपचार मात्र हो

बेद,पुराण,तृपटिक,बाइबल र कुरानमा छ
मेरो कर्तव्य भनेको त्यही हो
रोगीलाई म जस्तै क्यान्सर मुक्त बनाउँनु हो ।।
मेरो शरीरले आत्मा प्राप्त गरेपछि

महात्माले गर्ने आचरण गर्नुपर्छ
सदगुणहरुबाट सम्पन्न हुनुपर्छ
पूजा आरधना धर्म कर्म भनेकै त्यही हो ।।
हजुर मलाई पनि त पापको डर लाग्छ

कुकर्म देखि घृणा उत्पन्न हुन्छ
कुकर्महरुले मलाई आफू जस्तै ठान्दछन्
उत्तर म सँग छैन तर म पागल होइन ।।