मेरो स्मरणीय बाल्यकाल
साथीहरुसँग हाँस्ने र खेल्ने
बुबा आमाकी प्यारी
न पिटाई न गाली
कति रमाइलो जिन्दगानी
भाँडाकुटीमा पकाएका
परिकारको स्वाद बेग्लै
हाँसोमा उडाएका
पलहरुको मिठास छ
सम्झिँदै आनन्द आउँछ
र हाँसो उठ्छ
झन् झन् यी सबै यादहरुमा
परिवर्तन हुँदै छन्
सधैँ छुट्टी सधैँ मस्ति
गृहकार्य छैन भनी
खेल्न जाने
हजुरआमाको कथाका
पात्रहरुसँगै उड्न मन लाग्ने
आमाको हातका खानाले
मिठास दिन्छ बेग्लै
बुबाको न्यानो अँगालोको
स्पर्शनै बेग्लै खुशी
जताततै मायाको संसार र
यातना बिनाको खुशी
मुसुक्क हाँसेर सबैको खुशी
चहाने म असल व्यक्ति
तर मेलामा किनेको
बेलुनको हावा गएझैँ
मेरो बाल्यकाल पनि
गयो त्यसैगरी