हेटौंडाः मकवानपुरका साहित्यकार रमेशमोहन अधिकारीको कृति ‘आफैंसँग’ यही मंसिर २५ गते विमोचन हुने भएको छ । अधिकारीले सम्झनाको सेरोफेरो (संस्मरण/नियात्रा— संग्रह २०७३) घुम्तीहरु छेलिएपछि (संस्मरण/नियात्रा—संग्रह २०७४), गुराँस र युद्ध (संस्मरण/नियात्रा—संग्रह २०७५) कृति प्रकाशित छ ।

अधिकारी पेशाले शिक्षक हुनुहुन्छ भने विभिन्न साहित्य क्षेत्र तथा शैक्षिक संघ, संस्थामा आवद्व हुनुहुन्छ । अधिकारीले सूर्योदय, जुनकिरी, झरना, समनपुष्प, चन्द्रोदय, चन्द्रोदय प्रभा, बालबालिकाका कथा/कविताका सम्पादन समेत गर्नुभएको छ । गैरसाहित्यिक पुस्तक व्यवहारिक नेपाली अभ्यास पुस्तकका सहलेखन २०७६, माध्यमिक नेपाली व्याकरणः रचना, अभिव्यक्ति र अभ्यास, कक्षा—१० २०७७ का सहलेखनका रुपमा कार्य गर्नु भएको छ ।