हेटौंडाः नेकपा माओवादी (केन्द्र) को भीमफेदी गाउँ कमिटीको अध्यक्षमा बद्री स्याङ्तान सर्वसम्मत चयन हुनु भएको छ । शनिबार भएको गाउँ कमिटीको दोस्रो अधिवेशनबाट स्याङ्तानको नेतृत्वमा ४९ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन भएको जिल्ला सदस्य लिलाकुमार घलानले जानकारी दिनुभयो । गाउँ कमिटीको उपाध्यक्षमा अप्सरा लामा र प्रीतिलाल लामा, सचिवमा मदन बर्ताैला, सहसचिवमा रञ्जित राना र दीपक गोले, कोषाध्यक्षमा अमृत बल सर्वसम्मत चयन भएका छन् ।

पालिकाको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रम दीपक गोलेको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यमा भएको हो । उद्घाटन कार्यक्रममा नेकपा माओवादी (केन्द्र) मकवानपुरका संयोजक एवम् बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानको पनि उपस्थिति रहेको थियो ।