फाइल तस्वीर ।

हेटौंडा : हेटौंडा– १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट बुधबार १९ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

१४ जना पुरुष र ५ जना महिलाको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको हेटौंडा अस्पतालको पिसीआर प्रयोगाशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।

बुधबार कोरोना परिक्षणको लागी स्वाब सङ्कलन गराएकाहरुको कोरोना परिक्षणको रिपोर्ट बिहीबार दिउँसो २ बजे आउने चौलागाईले बताउनुभयो ।