ज्येष्ठ सेयर सदस्यलाई सम्मान गर्नुहुँदै सहकारीका अध्यक्ष रामहरि न्यौपाने र ९ नम्बर वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी ।

हेटौंडाः नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा सहकारीको साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो ।

समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई सम्मान गरिँदै ।

एक हजार आठ सय ३३ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी ५ करोड ९ लाख रुपैयाँ रहेको छ । यस्तै सहकारीले २४ करोड ८ लाख रुपैयाँ बचत संकलन गरेको छ भने २० करोड ३६ लाख रुपैयाँ ऋण लगानी गरेको छ । साधारणसभाको अवसरमा सहकारीले ज्येष्ठ सदस्य, सदस्य परिवारबाट एसईईमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थी, असल बचतकर्ता, ऋणी, कर्मचारी, उपभोक्तालाई सम्मान गरेको छ । यस्तै सहकारी अभियानमा योगदान पुर्‍याएको भन्दै समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको छ । सहकारीले नयाँ नेतृत्व चयनका लागि निर्वाचनको कार्यक्रम समेत रहेको छ ।