हेटौंडा : हेटौंडा – १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट सोमबार ३५ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।
२१ जना पुरुष र १४ जना महिलाको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । सोमबार स्वाब सङ्कलन गराएकाहरुको कोरोना परिक्षणको रिपोर्ट मंगलबार दिउँसो २ बजे आउने छ ।