हेटौंडा : हेटौंडामा आइतबार १ जनामा मात्र कोरोना सक्रमण देखिएको छ ।
२२ जनामा गरिएको पिसीआर परिक्षणमा १ जनामा संक्रमण देखिएको र ३ जनामा गरिएको एन्टिजेन परिक्षणमा भने संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण हुने १ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
हाल जिल्लामा ४० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । यस्तै, आइतबार होम आइसोलेसनमा बस्ने ३ जना र संस्थागत आइसोलेसनमा बस्ने २ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् ।