समाज सुधारक एवम् शिक्षाविद् गिजुभाइ बधे विशेषतःबालमनोवैज्ञानिक लेखक हुन् । भारतीय लेखक गिजुभाइद्वारा लेखिएको बालमहिमा नेपालीभाषामा अनुवादित पुस्तक हो । इन्डिगो इन्क प्रा.लि. काठमाण्डौँले प्रकाशनमा ल्याएको यस पुस्तकको अनुवाद गर्ने काम वन्दना ढकालले गर्नु भएको छ । वि. सं. २०७४ मापहिलो संस्करणको रुपमा उपलब्ध गराइएको यस पुस्तक माता–पिता सेहिन्दी किताबबाट अनुवाद गरिएको छ । सन् १९८५ नोभेम्बर १५ तारिखकमा भारतको चित्तलगाउमा जन्मिएका गिजुभाइ जुँगा पालिएकी आमा –(मुछेवालीमाँ) का नामले समेत प्रसिद्घ छन् । बालमनोद् मारिया मन्टेश्वरीबाट विशेष प्रभावित भइ समाजमा बालबालिकाको विशेष स्थान हुनुपर्छ, बालबालिका सबैका साझा देवता हुन् भन्ने मूलमन्त्र लिएर जीवनभर बालबालिकाकै हितका लागि कार्य गरे ।

रजनी पौडेल

मानव जातिको सृष्टिको जग नै बालबालिका हुन् युवावस्था, प्रौढवस्था र वृद्घवस्था भन्नु नै बाल्यवस्थाको विकसित रुप हो । त्यसैले एउटा बालकभित्र पूर्ण मानवको रुप लुकेको हुन्छ । उचित भरण पोषण, शिक्षा–दीक्षा, माया, ममता, लालनपालन,सत्मार्गमा लाग्ने प्रेरणा,विशेष हेरचाह र व्यक्तिगत स्वतन्त्रता प्रदान गर्न सक्यौँ भने हुर्किदै गरेको एउटा बालक समाज र राष्ट्रका लागि लायक युवक बन्न सक्छ । बालबालिकाको महत्वलाई बुझेर उनीहरुका लागि सापेक्ष वातावरणको सिर्जना गरिदिनु आमाबुवाको अहम् भूमिकाभित्र पर्न जान्छ । बालबालिका सुख स्वर्ग हो, आमा–बुवाको हृदयको पवित्र र निर्मल प्रतिविम्ब हो । एउटा बालक हुर्कदै गरेको परिवेश जस्तो हुन्छ उसको युवावस्थाको सोच, व्यवहार र क्रियाकलाप पनि त्यस्तै हुदै जान्छ ।

उसको कुशल भविष्यका लागि स्वतन्त्रता, सहानुभूतियुक्त सहायता र बालबालिकासँग सम्बन्धित प्रयोग सिद्व ज्ञानको सिर्जनाआमा–बुवा, घर परिवार र समाजबाट गरिदिनु पर्छ । हाम्रो भोक, प्यास, शोक र थकानलाई मेटाइदिने बालबालिकाहाम्राअमूल्य निधि हुन् । एउटी आमालाई कुशल गृहिणी बन्न र बुवालाई सफल योद्घा बन्न हौसला प्रदान गर्ने बालबालिका साक्षात् भगवानका रुप हुन् । हामीले असलकाम गरे उनीहरुले पनित्यसकै सिको गर्नेछन् । त्यसैले कुसंस्कार र कुरीतिबाट टाढा रहेर नयाँमार्गलाई अपनाउन, मानवताको रक्षार्थमा लाग्न र जीवन चेतनाको मार्गलाई पछ्याउन सक्ने सहि संस्कार र शिक्षा दिन हामी अभिभावक चुक्नु हुँदैन । बालबालिका आफ्नाअभिभावकभन्दा फरक बानी,सोख र रुचिका हुन्छन् । तर बालबालिकाभित्र पाइने यी फरक विशेषतालाई अभिभावकले बुझ्न सकिरहेका हुँदैनन् । अभिभावक जसरी बोल्छन्, बस्छन्, जस्तो कार्य व्यवहार गर्छन् बालबालिकाले पनि त्यस्तै गरोस् भन्ने चाहन्छन् । छोरा र छोरीले गर्ने कामको प्रकृति फरक हुनुले पनि छोरा र छोरीबीचको भिन्नताले समाजमा प्रश्रय पाइरहेकै छ । यस किसिमको लैङ्गिय भिन्नताको अन्त्य होस् भन्ने चाहनु नै यस पुस्तकको मुख्य सार हो ।

बालबालिकाप्रकृतिको उपहार हो तसर्थ उनीहरुलाई खुल्ला प्रकृतिमा उनीहरुकै तरिकाले स्वतन्त्र छोडिदिनु पर्छ । प्रकृतिकै काखमा रमाएर ढुङ्गा, माटो, हावा, घाम, पानीयावत् वस्तुहरुबाट शिक्षालिन सक्ने बालबालिकाको बौद्घिक क्षमता आमाबुवाको भन्दा अझ बलियो र शक्तिशाली हुने दाबी यस पुस्तकले गरेको छ । केटाकेटीले गर्नसक्ने स–साना काममा उनीहरुलाई व्यस्त गराइरहनु पर्छ । जसले गर्दा उनीहरुमा सिर्जनात्मक ज्ञानको वृद्विहुदै जान्छ । नयाँनयाँ तरिकाले काम सम्पन्न गर्ने कलाको विकास हुनुका साथै अनुशासित वातावरणमा रहेर आदर, सत्कारर मान मर्यदाको ज्ञान समेत हासिलगर्न सक्ने हुन्छन् । घरको स्वतन्त्र वातावरणमा रमाइरहेका बालबालिकालाई विद्यालयको वातावरण नियन्त्रित लाग्छ । त्यसैले उनीहरु स्कुल जान डराउछन्, झगडा गर्छन् र आमाबावालाई हैरान पार्छन् । शिक्षक पनि बालबालिकाको यस्तो हर्कत देखेर दिक्क हुन्छन् । तर कुनै पनि पक्ष बालबालिकाको बालमस्तिष्क जान्न तयार हुँदैनन् ।

यस्तो कठिन परिस्थितिमा बालबालिकाको मनोविज्ञानलाई बुझेर विद्यालयको मुक्त वातावरण र खुल्ला खेलमैदानमा उनीहरुलाई खेल्न, कुद्न,रमाउनदिने हो भने शिक्षण सिकाइ सहजहुन जान्छ । यसरी बालबालिकाको शारीरिक, मानसिक विकासका साथै इन्द्रियहरुको पनि शिक्षण गराउन सकियो भने बालबालिकाले पक्कै पनि विशाल संसार बारे स्वः ज्ञान प्राप्त गर्न सक्ने हुन्छन् । चिसो–तातो, मिठो–नमिठो,मधुर–कठोर, कालो–सेतो यावत् पक्षहरु बारे बताउन सक्नु नै बालबालिकाको स्व सिकाइ हो । त्यसैले विद्यालयहरुले पनि बालालिकाको यहि पृष्ठभूमिमा रहेर उनीहरुलाई आफैँ सिक्ने,गर्ने र स्वाबलम्बी बनाउने क्रियाकलापमा जोड दिनुपर्छ । बालबालिकालाई कुटपिट गर्नु वा सजाय दिनु भनेको प्राणघातक रोग जस्तै हुनजान्छ । कुटपिट र डर धम्कीको भाषाले बालबालिकाको आत्मबल गिर्न जान्छ, सिर्जनशिलता मर्छ,डरपोक हुने,झुट बोल्ने,दुराचारी स्वभावका बन्न जान्छन् । भने पुरस्कार, हौसला र सहानुभूतिले उनीहरुको बौद्घिक क्षमता तिक्ष्ण हुने, तर्क गर्न सक्ने क्षमता बढ्रदै जाने हुन्छ ।

अभिभावक र बालबालिकाबीच मित्रवत व्यवहार हुनुपर्छ यसले बालबालिकासँगको सामिप्यता कायम राख्न मद्दत गर्छ । अभिभावक र बालबालिकाबीचको सुमधुर सम्बन्धले बालबालिकाहरु आफ्ना समस्या र गुनासाहरु सुनाउन हिचकिचाउदैनन् । यस किसिमको सुमधुर आत्मीयताले घरभित्रको वातावरण सुख स्वर्ग बन्न पुग्छ । छोराछोरीलाई सँस्कारी बनाउन आफ्नो काम आफैँ गर्ने बानीको विकास गराउनु पर्छ । छोराछोरीको सुख सुविधाका लागि घरमा नोकर चाकर राख्नु भनेको निर्जीव वस्तु झैँ बनाउनु हो ,पराधिनतामा रम्न बानी परेकाहरु शरीरका सम्पूर्ण अंगप्रत्यङ्ग भएर पनि अपाङ्ग हुनु जस्तै हो । त्यसैले बालबालिकालाई त्यस्ता क्रियाकलापहरुमा लगाउन जोड दिनुपर्छ किजसले बालबालिका स्वयम् जिम्मेवार वहन गर्न सक्ने क्षमता राखोस् ।

बालक, शिक्षक र अभिभावक बीचको सुमधुर सम्बन्धद्वारा नै कुशल नागरिकको उत्पादन गर्न सकिन्छ भन्ने मुख्यसार रहेको यस कृतिले बालकलाई देवताको एक अंश मानेको छ । देवताको रुपमाआएको बालकका सामु शिक्षक पूजारी बनेर प्रस्तुत हुनुपर्ने कुरामा जोड दिएको छ । बालबालिकालाई घृणा होइन,इज्जत, सम्मान, प्रेम,स्नेह, त्याग, सेवा र भावको दृष्टिले व्यवहार गर्नुपर्छ । यसरी बालबालिकाको शारीरिक, मानसिक ,संवेगात्मक र बौद्विक पक्षमाथि रहेर लेखिएको यस पुस्तकशिक्षाको क्षेत्रमा संलग्नव्यक्ति,संस्था र प्रत्येक आमाबुवाले पढ्नै पर्ने पुस्तक रहेको छ । बालबालिकाका लागि तयार पारिएका पाठ्रयक्रमहरु प्रिमार्जनका लागि यो पुस्तक निकै उपयोगि सिद्घ रहेको छ ।