हेटौंडाः मकवानपुरको हेटौंडाबाट काठमाडौँ जोड्ने छोटो दुरीको सडक भीमफेदी–कुलेखानी सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । शनिबार बिहान सडकखण्डमा पहिरोे हटाउने काम सुरु भएसँगै सडक एकतर्फी सञ्चालनमा आएको हो ।
शुक्रबार रातिको बर्षाका कारण भिमफेदी–५ स्थित सडकखण्डमा पहिरो गएपछि शनिबार बिहान साँढे ४ बजेको समयदेखि सडकखण्ड अवरुद्ध भएको थियो । सडकखण्डमा अहिले पहिरो हटाउने काम चलिरहेको छ । गाडीहरु जाम नहोस भनेर सडक एकतर्फी खुलाइएको छ । थप बर्षा नभएमा आज बेलुकासम्म सडक दुईतर्फी सञ्चालनमा आउँने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
शुक्रबार पनि सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको थियो । पानी रोकिएपछि जेसीभिले पहिरो हटाएपछि शुक्रबार दिउँसोबाट सडक सञ्चालनमा आए पनि शनिबार बिहान फेरी अवरुद्ध भएको थियो ।