एक दिन राजा अकबरले अर्को कुनै राज्यको मानिसबाट अत्तर उपहार पाए । उनी उपहारबाट प्राप्त अत्तरलाई खुब नियालिरहेका थिए । सामुन्नेमा वीरबल भएकोसमेत उनलाई याद भएन । जब अकबरले अत्तरको बिर्को खोले तब अत्तरको थोपा चुहियो । अकबरले हतपत थोपा चुहेको ठाउँमा औँला पुर्याए । त्यति नै बेला वीरबलले ख्वाक्क खोके । वीरबललाई नजिक देखेर अकबरको मुहार लाजले रातो भयो । भोलिपल्ट अकबरले वीरबललाई स्नान गर्नु अगावै बोलाए । उनले वीरबलको मुखमा हेर्दै काम गर्ने मानिसलाई भने, “मैले नुहाउँने बाथट्युबमा हिजो ल्याएको अत्तर पूरै हाल्नु है ।”
अकबरको कुरा सुनेर काम गर्ने मानिस अकमकाए र राजाको अनुहारमा हेर्न थाले । उनले अझै ठूलो स्वरमा भने । “म एक थोपा अत्तरमा लोभ गर्ने बादशाह हैन पूरै अत्तर बाथट्युबमा हाल भनेको सुनेनौ ?” सामुन्ने उभिरहेरका वीरबल मुसुमुसु हाँसे । उनले स्नानपूर्व नै अकबरलले बोलाउनुको रहस्य पनि बुझे । वीरबलले भने,“सम्राट १ बुँद अर्थोत एक थोपा जति बलियो एक भाँडो पनि हुँदो रहेनछ हकि ?” अकबरले के बुझे कुनि निष्फिक्री हाँसे ।