तेस्रो आँखाको रहस्यः शिवजी वा काली माताजीको निधारमा टिका लगाउँने ठाउँमा ठाँडो तेस्रो आँखा देखाइरहन्छन् भनिन्छ,शिवजी वा देवीजीले क्रोधको अवस्थामा त्यो खोलेर दुष्ट वा शत्रुलाई भष्म गरिदिनुहुन्छ । योग शास्त्रमा यसै भित्र रहेको अन्तदृष्टिलाई साधनाद्धार खोलिने,जागृत गर्ने विशेष प्रक्रियाहरु छन् ।
शरीर विज्ञानअनुसार- हाम्रो मस्तिष्कमा सबैभन्दा माथि स्थित पाइनिएल ग्रन्थिको रहस्य अहिले सम्म वैज्ञानिकहरुले पूर्णतः थाहा पाउनु भएको छेैन । प्राचीन दर्शनशास्त्रीहरुले अनुभव गरेको थियो कि,यस सानो च्याउ जस्तो आकारको ग्रन्थिको महत्व धेरै छ र यसलाई ‘विचार नियन्त्रक’ वा आत्माको आसन/स्थान’ भनिन्छ । अनेकौँ वर्षसम्म पश्चिमेली वैज्ञानिकहरुले यस ग्रन्थिलाई दुर्लक्षित राखेको थियो । तर हालको समयमा यो मसिनो,क्षुद्र,अंगको कार्यबारे धेरै चासो बढेको छ । अनुसन्धानमा के पाउनु भएको भने विकासको क्रममा हजारौँ वर्ष पूर्व छेपारो जस्तो प्राणीहरुमा उनीहरुको टाउको माथि तेस्रो आँखा थियो । जुन प्रकाशको प्रति विशेष संवेदनशिल थियो र त्यसैले उनीहरुको शरीरको चक्रिय आवर्तनहरु र छन्दलाई नियन्त्रण गथ्र्यो । विस्तारै लाखौँ वर्षको उन्क्रान्तीबाट त्यो ‘आँखा’ मस्तिष्क भित्र छिर्यो र मानवहरुमा त्यस प्रथम तेस्रो आँखाको अवशेष पाइनीयल ग्ल्याण्डको रुपमा पाइन्छ ।
योगशास्त्र अनुसार- शताब्दीऔँ देखि योगीहरुले सिकाउनु भएको छ कि ‘बोधिको तेस्रो आँखालाई योग अभ्यासद्धारा सटीक ढंले खोलेपछि मनको आनन्द र सुक्ष्म बोधि सचेतनाको अनुभूति हुन्छ । आधुनिक अनुसन्धानले योगीहरुको यस धारणालाई पुष्टि दिनु भएको छ । किनकी पाइनीयल ग्रन्थिको दुइताय अन्तस्रावहरु (हार्मोन) सेराटोलीन र मेलाटोजीन वा शरीरका ग्रन्थ अल्यबहरुलाई मात्र होइन तलको ग्रन्थिहरुको साथमै मनको अवस्थालाई प्रभावित गर्थे ।
प्रकाश र अहंकारको प्रभावः पायनियल ग्रन्थिको प्रकाशको लागि अत्यधिक संवेदनशीलताको कारणले यमवाह निस्कने मेलाटोलिन हार्मोन रसको क्षरको मात्रा धेरै हुन्छ र सेरोटोलिनको मात्रा कम हुन्छ । यसकारण शरीर र मनको शिछोन र आरामदायक अवस्था ल्याउँछ । त्यसैले मनुष्य सजिलैसित निदाउँछ । दिनको प्रकाशमा ठिक्क विपरीत हुन्छ । मेलाटोलिन कम भएमा सेरेटोलिक बढ्छ । जसले गर्दा सक्रियता र अशान्त अवस्था ल्याउँछ । यहाँ अर्को मजाको कुरा के छ भने हरियो रङ्को यस ग्रन्थिबाट हुने सेरोटोलिनको प्रमाण घटाउँदछ । यसकारण शायद हरियो रङ्गलाई बढो आरामदायक मानिन्छ ।
आनन्दातिरक वा समाधिको अवस्था- यस्तै बिस्तारै सेरोटोलिनको मात्रा पूर्णतः बन्द हुन्छ । त्यसबेला व्यक्तिले अत्याधिक शान्तिपूर्ण अवस्थाको अनुभूति गर्छ र उत्तम सचेतनाको स्थिती प्राप्त गर्छ र आन्तरिक अत्यन्त खुशीको भावना र समग्र सृष्टिको एकात्मताको अनुभव गर्न सक्छ । यसैलाई ‘बोधी’ प्राप्ती भनिन्छ, जसमा व्यक्तिले आफूमा र अन्य प्राणी जइचेतन जगतमा कुनै भेद महशुस गर्दैन ।
पायनियल ग्रन्थिमा असर पार्ने आसनः ऋषिमुनिहरुले दीर्घ थेरापी अभ्यास र अनुसन्धान र खरायो सहस्य योगको आसन,जसमा टाउको शीर्षभाग भुइँमा टेकेर यस ग्रन्थिलाई असर पारेर मनलाई शान्त गर्ने स्मृतिवर्धक ‘शशाङगासन’को विकास गर्नुभएको छ ।