हेटौंडाः हेटौंडा–११ स्थित मामाघर नेपाललाई जन्मदिनको अवसरमा कपडा सहयोग भएको छ । हेटौंडा–२ स्थित मानसचोकका जनाद्र्धन कँडेल र गीता कँडेलले छोरा गन्तव्य कँडेलको २१ औं जन्मदिनको अवसरमा कपडा सहयोग गरिएको हो । कँडेल परिवार हाल अमेरिकामा बस्दै आएका छन् ।
२१ सेट पर्दा र २० सेट सिरानीको खोल गरी ३० हजार रुपैयाँ बराबरको कपडा सहयोग प्राप्त भएको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले जानकारी दिनुभएको छ । मामाघर नेपालको स्थापनादेखि नै आर्थिक, भौतिक र नैतिक सहयोग गरी सडक बालबालिकामुक्त समाज निर्माण अभियानमा हातेमालो गरिएकोमा पराजुलीले आभार व्यक्त गर्नुभएको छ ।