हेटौंडाः मकवानपुरमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार शनिबार पिसिआर परीक्षणबाट ४२ जना र एन्टिजेन परिक्षणबाट २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितमध्ये ५९ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरी थाहा नगरपालिका र मनहरी गाउँपालिकामा ३-३ जना रहेका छन् भने बकैयाका २ जना तथा कैलाश, राक्सिराङ र भीमफेदीका १-१ जना संक्रमित रहेका छन् । संक्रमितमध्ये हेटौंडाका ७ जना र कैलाशका १ जनासहित ८ जनालाई संस्थागत आइसोलेसनमा राखिएको छ भने अन्य होम आइसोलेसनमा रहेका छन् । १ सय ३ जनाको पिसआिर बिधिबाट र ३ सय ३१ जनाको एन्टिजेन परिक्षण गर्दा कुल ७० जनामा कोरोना संक्रकण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै शनिबार मकवानपुरका ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । होम आइसोलेसनमा बसेका ३५ जना र संस्थागत आइसोलेसनमा बसेका ४ जनाले कोरोनालाई जितेका हुन् । जसमध्ये हेटौंडाका १३ जना, थाहाका १४ जना मनहरीका ७ जना, भीमफेदीका ३ जना तथा मकवानपुरगढी र कैलाशका १-१ जना रहेका छन् । शनिबारसम्म जिल्लामा ५ सय २२ जना संक्रिय संक्रमित रहेका छन् ।

संक्रमितमध्ये होम आइसोलेसनमा ४ सय ७७ जना र संस्थागत आइसोलेसनमा ४५ जना उपचाररत छन् । होम आइसोलेसनमा उपचाररत रहेका संक्रमितमध्ये हेटौंडाका २ सय ८२ जना, थाहाका ७४ जना, मनहरीका ४५ जना, कैलाशका २४ जना, इन्द्रसरोवरका १५ जना, बकैयाका १३ जना रहेका छन् । यसैगरी मकवानपुरगढीका ९ जना, भीमफेदी र राक्सिराङका ७-७ जना रहेका छन् भने बागमती गाउँपालिकाका १ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

संस्थागत आइसोलेसनतर्फ हेटौंडाका २५ जना, थाहाका ७ जना, भीमफेदीका ४ जना, कैलाशका ३ जना तथा मकवानपुरगढी, बागमती र मनहरीका २-२ जना उपचाररत रहेका छन् । शनिबार मकवानपुरका थप १ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म मकवानपुरका १ सय ३९ जनाको दोस्रो चरणको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।