हिन्दु धर्मावलम्वीमाझ प्रचलित एक उपदेश पुस्तिका ‘गुणरत्नमाला’मा समावेश गरिएका व्यवहारिक ज्ञानमध्ये मलाई बेलाबेलामा सोच्न बाध्य पारिरहने वाक्यांश हो,‘आगो लागेपछि इनार खनेरकेही काम छैन ।’जीवनमा आउन सक्ने कुनै पनि खालका समस्याहरूबाट बच्न र कुनै नराम्रो कुरा हुन नदिनका लागि पहिलेदेखि नै सतर्क र तम्तयार हुनका लागि यस वाक्यांशले वास्तवमै मननयोग्य सन्देश दिएको छ । जीवनमा कुनै कुरा भनेको जस्तै गरी प्राप्त गर्नु छ भने त्यसको लागि पनित्यही खालको तयारी हुनुपर्दछ । मैले बुझेको आशय यस्तै यस्तै हो ।खासमा मानिसहरूमा यस्तायस्ता ज्ञानको कमी पनि छैन । सबैजसो मानिसलाई थाहा नै छ, सफल हुन यसरी यसरी काम गर्ने, राम्रो उपलब्धि हासिल गर्न यसो यसो गर्ने, स्वस्थ बन्ने तरिका यो हो, परीक्षामा राम्रो अङ्क ल्याउन गर्नुपर्ने यस्तो हो आदिआदि । तर परिणाममा हेर्ने हो भने संसारमा सफल हुने भन्दा असफल हुनेको संख्या अत्यधिक ठूलो छ । राम्रो काम पाउने भन्दा राम्रो काम खोजि बस्नेकै जमात ठूलो छ । स्वस्थ रहने संख्यालाई अस्वस्थ हुने संख्याले धेरै पछाडि छाडिदिएको छ । एकदमै राम्रो अङ्कसहित अध्ययनमा सफल हुनेहरू कम छन् । खासमा यस्तो विरोधाभास किन भइरहेको छरु मानिसहरू चुक्ने ठाउँ कहाँ रहेछ त ?
थाहा पाउनु र थाहा पाएको राम्रो कुरालाई जीवनमा अपनाउनु एकदमै फरक कुरा हो । कुनै ठाउँमा कुनै मानिसलाई पुग्दा राम्रो हुनेवाला छ, जाने बाटो पनि थाहा छ भने पनि त्यो मानिस त्यस ठाउँमा पुग्नेछ नै भन्ने हुँदैन । वास्तवमा कुनै लक्ष्यमा पुग्नका लागि राखिने इच्छाशक्ति, त्यहाँ पुग्ने तयारी तथा बीचमा आउनसक्ने समस्याहरूको सामना गर्ने अठोट भएमा मात्र लक्ष्यप्रप्ति सम्भव हुन सक्दछ । मानिसमा परिणाम छिटो चाहिने, सफल भएका मान्छेजस्तै तत्काल भइहाल्नुपर्ने, आफू अरूभन्दा अगाडि नै देखिनुपर्ने तर त्यसकोलागि बेलैदेखिचाँजोपाँजोमिलाउने कुरामा चाहिँ कमी देखिन्छ । समय छँदा ‘अहिले नै किन तनाव लिनु’ भनेर बस्ने तर बेला बितेपछि ‘अब के गर्ने होला, कसो गर्ने होला’ भनेर आकुल व्याकुल देखिने परिपाटीतपाईँ हाम्रो वरपर जताततै देखिन्छ । ‘दिन उजेली सुती बिताई, रात जुनेलीबिस्कुन सुकाइ’,‘जब पर्यो राति, तब बुढी ताती’,‘मर्ने बेलामा हरियो काँक्रो’ जस्ता उखानहरू पनि सायद मानिसहरूको यस्तै आनीबानीका कारण चल्तीमा आएका हुनुपर्छ ।
विश्व विजेता सिकन्दर हुन् वा नेपालका धेरै राज्यहरूलाई एक बनाउने पृथ्वीनारायण शाह हुन्, उनीहरूको विजयकापछाडि अथक मेहनत, क्षमता अभिवृद्धि तथा समय छँदादेखिकै तयारीले काम गरेको कुरा इतिहासहरूमा पढ्न पाइन्छ । लडाइँको तयारी लडाइँहुनसक्छ भन्ने थाहा पाउनासाथ वा अझ त्यो भन्दा पनि अगाडिबाट नै गर्नुपर्ने हो । अहिले नै लडाइँ भइहाल्ने होइन, किन आजबाटै चिन्ता लिनुरु बरु अहिले नै आराम गर्नु नै ठीक छ, लडाइँ भयो नै भने फेरि आराम गर्न पाइने होइन भनेर ढुक्कलेजोजो बस्ने गर्दछन्, तिनीहरू नै लडाइँमा पराजित हुनेहरूमा पर्दछन् । समयछँदाढुक्कले सुतेर बस्नेहरू नै हुन्छन् समय बितेपछि निदाउन नसक्नेहरू । तयारी बिनाका सिपाहीहरू नै हुन्छन् लडाइँ सुरु भएपछि सबैभन्दा पहिले अत्तालिनेरसबभन्दा पहिला मैदान छाडेर भाग्ने वा सबभन्दा पहिला मारिनेहरू । हतियारलाई तयारी हालतमा राख्ने, त्यसको नियमित अभ्यास गरिरहने, युद्ध कौशल रणनीतिहरू बनाइरहने र तीमध्ये राम्रोभन्दा राम्रो रणनीति छानेर त्यसलाई युद्धमा लागू गर्नेहरूले कहिलैयुद्ध हार्दैनन् ।
अब मानिसको स्वास्थ्यसम्बन्धी प्रसङ्गतिर जाउँ । मानिसहरू स्वस्थ रहने कुरामा पनि ‘अहिले किन चिन्ता लिनेरु’ र ‘लौ न अब के गर्ने’ भन्ने दुईवटा धारणाबाट गुज्रिरहेका पाइन्छन् । जबकि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हो(prevention is better than care)भन्ने सबैलाई थाहा छ । मानिसमाआफ्नो स्वास्थ्य र सिङ्गो जीवनलाई के कसरी राम्रो बनाउने भन्ने ज्ञानको कमी छैन तर ज्ञानलाई आफ्नो दिमागमा मात्र सीमित गर्ने वा व्यवहारमा नैउतार्ने भन्नेले धेरै फरक पार्ने रहेछ । जस्तै, मुख मीठो बनाउनलाई जतिसुकै मीठो कुराको नाम जपेर पनि हुँदैनस त्यस्ता कुराहरू खानै पर्छ । ‘एकबारको जुनीमा पनि किन खानपानको बारेमाविचार गर्नु रु’‘मन लागेको कुरा खाने हो ।‘ भन्ने जस्ता धारणाहरूजताततै व्याप्त छन् । अझै ‘मलाई कुनै रोग लागेकै छैन, मैले अहिल्यै किन विचार गर्नुपर्यो ररु’‘रोगले छोएको छैन, अहिलेलाई जे जे गरेपनि भइहाल्यो नि, रोग लाग्यो भने अस्पताल छदैछ, त्यत्रा डाक्टरको के कामरु’‘यो त सानोतिनो स्वास्थ्य समस्या हो वा यो त कुनै समस्या नै होइन’ ‘यसको दवाइ मलाई थाहा छदैँछनि’‘केहीभयो भने त्यही बेलामा सोचौँला,अहिले तनाव लिएर के फाइदा’ ‘जे होला देखाजाला’आदिआदि भनाइहरू तपाईँ हाम्रो वरपर गुञ्जिरहेका पाइन्छन् ।
यसको विपरीत जब मानिसलाई आफ्नो असावधानी, अज्ञानता तथा हेलचेक्राइँका कारण स्वास्थ्यमा नसोचेको समस्या देखा पर्छन्, तब मानिसहरू के गर्ने, कसो गर्ने भनेर अत्तालिन पुग्दछन् । त्यस्तो समस्याको राम्रो उपाय के हुन्छ होला, कुन ठाउँमा राम्रो उपचार हुन्छ होला,एम्बुलेन्सको नम्बर कति होला,राम्रोडाक्टरकहाँ भेटिन्छ होला, रोग ठीक भएर पहिलेजस्तै हुन्छ कि हुँदैन होला, कति खर्च लाग्छ होला, लाग्ने खर्च कहाँबाट जुटाउने होला, मलाई नै किन यस्तो भएको होला, अब कति समयसम्म तनाव बेहोर्नुपर्ने हो, राम्रोसँग ठिक हुन्छ कि हुँदैन, ठीक भएन भने के गर्ने, यस्तो अवस्थामा मान्छेको जीवन कति जोखिमपूर्ण हुन्छ भन्नेजस्ता समस्या तथा चिन्ताले मान्छे ग्रस्त हुन पुग्दछन् ।असाध्य खालका रोगहरू लागेर धेरै मानिसहरूले आफ्नो भएभरको जायजेथा सकाएको उदाहरणहरू पनि तपाई हाम्रो वरपर छन् । उपचार भएर पनि पहिलेजस्तो अवस्थामा फर्किन नसकेका, राम्ररी काम गर्न सक्ने नभएका, निरन्तर औषधि सेवन गरिरहनु पर्ने अवस्था भएका तथा कतिपय मानिसहरूले अकालमा नै ज्यान गुमाउनु परेका उदाहरणहरू खोज्नलाई त्यति टाढा जानुपर्दैन । यस्ता समस्याहरू मानिसलाई परेपछि मात्र ठूलो लाग्ने गरेको देखिन्छ । वास्तवमा यी समस्याहरूको मुल कारण के हो भन्ने बुझेर पहिले नै ती कारणहरूको निराकरण गर्ने हो भने मानिसहरूले यस्ता यस्ता धेरैखाले दुःख र सास्ती भोग्नु पर्दैन । बुद्धिमान् मानिसले आफूले गरिरहेको कामबाट भोलिको दिनमा के(कस्तो परिणाम आउन सक्छ भन्ने सोचेर मात्र काम गर्नुपर्दछ ।
उदाहरणका लागि धेरै खानेकुरा सेवन गर्ने तर शारीरिक परिश्रम नगर्ने मानिसलाई मधुमेहको समस्या छिटै देखिनसक्छ । अत्याधिक चिल्लो भुटेरतारेका, मसालेदार खानेकुरा खाने मानिसहरूमा कोलेस्टेरोलबढ्ने, मुटु सम्बन्धी रोगहरू लाग्ने, रक्तचाप बढ्ने, पेटमा अल्सर हुने जस्ता समस्याहरू ढिलोछिटो देखा पर्दछन् । त्यस्तै पत्रु खाना (junk food) को सेवनबाट मानिसको शरीरमा अखाद्य बस्तुहरू ९विषादी जन्य वस्तुहरू, अखाद्य रङहरू, स्वाद निकाल्न मिसाइएका रसायनहरू, लामो समयसम्म टिकाउन प्रयोग गरिएका रसायनहरू आदि सजिलै प्रवेश गर्दछन् र अनेकौ प्रकारका क्यान्सरहरू, शरीरका मुख्यमुख्य अंगहरू९जस्तै मुटु, फोक्सो कलेजो, मृगौला, मस्तिष्क, प्रजनन अङ्ग आदिले काम नगर्ने समस्याहरू, रगतमा खराबी, शरीरमा कमजोरी, थाइराइड, दम, मस्तिष्क सम्बन्धी समस्याहरू आदि निम्तिने गर्दछन् । यसको लागि बेलैदेखि प्राकृतिकखालका खानपानलाई जोड दिएर, शरीरलाई असर पुर्याउन सक्ने खानेकुराहरूबाट टाढै बसेर, शरीरलाई स्वस्थ, तन्दुरुस्त, सन्तुलित, आन्तरिक रुपमा सफाइ गर्ने, कोषहरूलाई सक्रिय बनाउने तथा शरीरलाई भित्रैबाट बलियो बनाउने खालका गडीबुटीहरूको पहिचान र नियमित सेवन गरेर, शारीरिक व्यायामलाई जोड दिएर शरीरलाई सधैँ स्वस्थ र तन्दुरुस्त राख्न सकिन्छ ।
विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरू पनि कुन समयमा कुन कुराको चिन्ता गर्ने र कुन समयमा चिन्ताबाट मुक्त हुने भन्ने समस्याबाट अछुतो छैनन् । अधिकांश विद्यार्थीहरू चिन्ता गर्नुपर्ने समयमा चिन्ता नगर्ने र चिन्ताबाट मुक्त हुनुपर्ने समयमा चिन्ता गर्न थाल्ने समस्याले ग्रस्त छन् । अर्थात पहिलेदेखि नै आफ्नो पढाइलाई सफल बनाउनको लागि गर्नुपर्ने तयारीमा धेरै विद्यार्थीहरूले टाउको दुखाउन चाहँदैनन् । अहिलेदेखि पढाइमा किन मरिमेट्नेरु जाँच आउन अझै धेरै बाँकी छ, अरु कसैले पनि पढ्न सुरू गरेका छैनन्, जहिले परीक्षाकोरुटिनआउँछ तब मात्र गम्भीर भएर पढ्न सुरु गरौँला, त्यसपछि मात्र पढ्ने कुराहरू जुटाउनुपर्ला भन्नेजस्ता मनस्थिति धेरै विद्यार्थीहरूको देखिन्छ । यसैको परिणामस्वरुप परीक्षाको समयमा वा आफ्नो पढाइको व्यवहारिक प्रयोग हुने अवस्थामा धेरै विद्यार्थीहरू अब के गर्ने होला कसो गर्ने होला रु यसलाई कसरी पार लगाउने होलारु पढ्ने कुरा किन यति गाह्रो भएको होलारु पढेर पनि किन त्यसलाई काममा लगाउन नसकेको होलाआदि आदि समस्याले चारैतिरबाट घेरिएका हुन्छन् । यी सबै समस्याहरू अरु केही नभएर थोरै थोरै भएपनि टाउको दुखाउनु पर्ने बेलामा नदुखाएर अनि टाउको दुखाइ हुनु नपर्ने बेलामा टाउको दुखाउन सुरु गरेर आउने गर्दछन् ।
यी माथि दिइएका प्रसङ्गहरू केही क्षेत्रमा देखिएका उदाहरणहरू मात्र हुन् । राष्ट्रिय रुपमा हेर्ने हो भने पनि हाम्रो बजेट सिध्याउने परिपाटी यस्तै देखिन्छ । असारे विकास पनि यसकै परिणाम हो । मानिसले भनेजस्तो रोजगारी नपाउनु, चाहेजस्तो सफलता प्राप्त गर्न नसक्नु, सोचेका सपनाहरू पुरा हुन नसक्नु आदि सबै बेलादेखिनै चिन्ता नगर्नुका परिणामहरू हुन् । विभिन्न सङ्घसंस्थाका गतिविधिहरू हुन् अथवा कुनै पनि समयसीमा भित्र गरिसक्नुपर्ने कामहरूमा हुने ढिलासुस्ती नै किन नहुन्, यी सबै सबै कुराहरूमा समयमा चिन्ता नगर्ने र समय बित्न लागेपछि वा समस्या ठूलो भइसकेपछि के गर्ने कसो गर्ने भन्ने कुरामा पिरोलिने संस्कार देखिन्छ । यस्ता सोचबाट माथि उठ्न सकेमा नै व्यक्ति, स्वास्थ्य स्तर, व्यक्तिगत सफलता,व्यक्तित्व, समाज राष्ट्रिय तथा संसार नै अग्रगतिमा अगाडि बढ्न सक्दछ ।