हेटौंडाः मकवानपुरमा मानव अधिकार उल्लंघनको घटना बढेको छ । गत वर्ष सन् २०२० मा मकवानपुरमा ६२ वटा मानव अधिकार उल्लंघनको घटना घटेको थियो । तर चालू वर्ष २०२१ को जनवरी देखि जुनसम्ममा ४९ वटा उल्लंघटनको घटना घटेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले जानकारी दिएको छ ।

यो वर्षमा लकडाउन भएपनि मानव अधिकारको घटना भने रोकिएको छैन । हिंसामा धेरै महिला पिडित छन् । जनवरी देखि जुनसम्मको ४९ घटनामा ५० जना पिडित भएका छन् भने सबैभन्दा धेरै ४७ जना महिला पिडित भएको इन्सेकलले सार्वजनिक गरेको छ । २३ जना बालबालिका पिडित भएकोमा १८ जना बलात्कार र ५ जना यौन दुव्र्यवहारबाट पिडित भएको छ ।

इन्सेक मकवानपुरले बिहीबार सरोकारवालासँग जिल्लामा मानव अधिकारको अवस्था तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक समिक्षा गरेको छ । सरोकारवालाहरुबा आएको सुझावले वर्ष २०२२ को पुस्तक तयार गर्न अझ सहयोग पुग्ने बताइएको छ ।

इन्सेक बागमती प्रदेशको संयोजक कृष्ण गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रशासकीय अधिकृत देवचन्द्र गत्तौला, मानव अधिकार संरक्षण तथा मावन बेचबिखन विरुद्ध संजालको संयोजक आरती पाठक लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।