सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ । आइसियुमा उपचाररत हेटौंडा–२ का ७१ बर्षीय पुरुषको शनिबार बिहान साढे १० बजेको समयमा मृत्यु भएको हेटौंडा अस्पतालको कोभिड–१९ इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिनुभएको छ ।

कोरोना संक्रमितको हेटौंडा अस्पतालमा उपचारको क्रममा शनिबारसम्म ९७ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ६३ जना पुरुष र ३४ जना महिला रहेका छन् । शनिबार रातीसम्म हेटौंडा अस्पतालमा कोभिड–१९ संक्रमित ९ जना आइसियुमा, ११ जना एचडियुमा, १३ जना जनरल वार्डमा उपचाररत रहेको डा. काफ्लेले बताउनुभएको छ ।