सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा–१३, चुच्चेपानीमा शनिबार दिउँसो करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मिटर बक्स खोलेर हेर्ने क्रममा करेन्ट लागेर ४२ बर्षीय राजकुमार मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभएको छ ।

दिउँसो ३ बजेको समयमा करेन्ट लागेर घाइते भएका मोक्तानको उपचारको क्रममा हेटौंडा–११, थानाभर्‍याङस्थित चुरेहिल हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।