हेटौंडाः हेटौंडामा संचालित पल्पसा आइसोलेसन सेन्टरलाई हेटौंडा–१६ का वडाअध्यक्ष रामकृष्ण कोइरालाले सहयोग गर्नुभएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाको सहकार्यमा संचालनमा आएको आइसोलेसन सेन्टरलाई वडाअध्यक्ष कोइरालाले मंगलबार १० हजार नगद सहयोग गर्नुभएको हो ।

कोभिड हेल्थ डेस्कका सचिवालय सदस्य सरोज खनाललाई उहाँले नगद सहयोग गर्नुहुँदै आवश्यक परेमा एक लाख रुपैयाँ सम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।