हेटौंडाः मकवानपुर कोरिया मञ्चको आर्थिक सहयोग र जेसीआई बस्तिपुरको समन्वयमा मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ अस्पताललाई २ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
बागमती प्रदेश सभा सदस्य सन्त बहादुर चेपाङको प्रमुख आतिथ्यमा मंगलबार कोभिड–१९ अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । कोभिड१९ अस्पताललाई वासिङ मेसिन एक थान, बेड साइड राउण्ड चेयर पाँच थान, पेसेन्ट ट्रली एक थान, बेड साइड लकर १० थान, राउण्ड ड्रेसिङ ट्रली २ थान, रि–यूजएबल पीपीई ३० थान, सर्जिकल मास्क १७ सय ५० थान, सेनिटाइजर २५ लिटर, सर्जिकल ग्लोव्स २५० थान, फेस शिल्ड ३० थान हस्तान्तरण गरिएको मकवानपुर कोरिया मञ्चका पूर्व अध्यक्ष रमेश उप्रेतीले जानकारी दिनुभयो ।
कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, मकवानपुर कोरिया मञ्चका पूर्वअध्यक्ष राज तामाङ गोले, दुर्गाप्रसाद दाहाल लगायत वर्तमान अध्यक्ष सूर्य तामाङको उपस्थिति रहेको थियो ।