हेटौंडाः जिल्लामा २० जेठसम्म निषेधाज्ञा जारी छ । कोरोना भाइरसको जोखिम जिल्लामा कायमै रहँदा निषेधाज्ञा भने केही खुकुलो पार्ने तयारी भएको छ । जारी निषेधाज्ञालाई ३१ जेठसम्म प्रशासनले लम्बाउने तयारी भएको छ भने पसल व्यवसायल निश्चित समय तोकेर खोल्न दिने बारे जिल्ला प्रशासनका कार्यालय मकवानपुरमा छलफल भइरहेको छ ।

अहिले बसिरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा थप गर्ने र व्यवसाय संचालन गर्ने बारे निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरका सुचना अधिकारी देवचन्द्र गत्तौलाले जानकारी दिनुभयो ।