हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ५ नम्बर वडास्थित टोल विकास संस्थाहरुको सक्रियतामा मंगलबार हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । यसअघि पनि ५ नम्बर वडा टोल विकास संस्था समन्वय समितिको अग्रसरतामा ५० थान अक्सिजन सिलिण्डर सहयोग गरिएको थियो ।

टोल विकास संस्था वडा समन्वय समितिको अग्रसरतामा नेपाल रेडक्रस सोसाइटी हेटौंडा–५ उपशाखा, दक्षिणकाली टोल विकास संस्था, श्रृजनशील टोल विकास संस्था, सानोपोखरा टोल विकास संस्था र अन्य व्यक्तिहरुको आर्थिक सहयोगमा अक्सिजन सिलिण्डर सहयोग गरिएको समन्वय समितिका सचिव सुधीर थापाले जानकारी दिनुभएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तथा हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो । हेटौंडा अस्पताल परिसरमै पुगेर अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो ।