हेटौंडाः हेटौंडा अस्पताललाई ५० सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । कोभिड–१९ संक्रमित विरामीको उपचारमा प्रयोग गर्ने गरी मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुर र जिल्ला खेलकुद विकास समिति मकवानपुरले संयुक्त रुपमा अक्सिजन सहयोग गरेको हो ।
बिहीबार बिहान हेटौंडा अस्पताल परिसरमै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो । अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर राना, नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, सचिव लाल बहादुर थापा, हेटौंडा उपमहानगर अध्यक्ष शालिकराम पुडासैनी, अनेमसंघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्ले, हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष एवम् स्पोर्ट्स एकेडेमीका केन्द्रीय सदस्य नवीन सिग्देल, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानू लामाको उपस्थिति रहेको थियो ।