हेटौंडाः मकवानपुरमा कोभिडका कारण २ संक्रमितको मृत्यु भएको छ । आज बिहान ७ बजे हेटौंडा अस्पतालको आइसियूमा उपचाररत बारा निजगढ–७ का ४९ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
यो सहित हेटौंडा अस्पतालमो कोभिडको दोस्रो लहरमा ५३ जनाले ज्यान गुमाएका छन् । आज मनहरी गाउँपालिकाको आइसोलेसनमा उपचाररत एक ५० वर्षीय महिलाको मृत्यु भएको छ । मकवानपुर जिल्लामा यो सहित कोभिडको कारण मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।