श्रीयसी कार्की कक्षाः ५

फूल जस्तै मगमगाउने हुनुपर्छ जीवन
जून जस्तै जगमगाउने हुनुपर्छ जीवन
नदी जस्तै सल्बलाउने हुनुपर्छ जीवन
अँधेरीमा झलमलाउने हुनुपर्छ जीवन

आकाशमा उड्ने चरीझैँ हुनुपर्छ जीवन
ओत लाग्ने छहारी वृक्षझैँ हुनुपर्छ जीवन
सेतो कागत झैँ सफा हुनुपर्छ जीवन
इन्द्रधनुष सप्तरङ्गी हुनुपर्छ जीवन

वसन्त, ऋतुझैँ हरियाली हुनुपर्छ जीवन
पानी पर्दाको छाता जस्तै हुनुपर्छ जीवन
निरन्तर झर्ने झरना जस्तै हुनुपर्छ जीवन
जे जस्तो भएपनि असल हुनुपर्छ जीवन