हेटौंडाः कोरोना भाइरस संक्रमित हेटौंडा–८ की ५७ वर्षीया महिलाको बुधबार राती मृत्यु भएको छ ।
मंसिर ५ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई चितवनको भरतपुर अस्पतालमा उपचारका लागि भर्ना गरिएकी महिलाको बुधबार राती ११ बजेर ४५ मिनेटमा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । मंसिर ५ गते नै कोभिड आइसियुमा राखेर उपचार सुरु गरे पनि बचाउन नसकिएको भन्दै भरतपुर अस्पतालले दुख व्यक्त गरेको छ ।