हेटौडाः मकवानपुर जिल्लामा आज ६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज बुधबार हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले ३० महिला र ३५ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।
हेटौंडा उपमहानगरपालिकाका ६३ जना, सर्लाहि र बर्दिया जिल्लाका १\१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा-१ का १ जना, हेटौंडा-२ का ६ जना, हेटौंडा-३ का १ जना, हेटौंडा-४ का ७ जना, हेटौडा-५ का १५ जना, हेटौडा-६ का ७ जना, हेटौडा-७ का ३ जना, हेटौडा-८ का ५ जना, हेटौंडा–९ का ८ जना, हेटौंडा–१० का ६ जना र हेटौंडा–११ का ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।