हेटौंडाः हेटौंडामा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । असोज ४ गते संकलन गरिएको १ सय ४८ जनाको स्वाब नमुनामध्ये ८२ जनाको स्वाब परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १३ जना र रौतहट स्थायी ठेगाना भई हेटौंडा बस्ने १ जना रहेका छन् । संक्रमण पुष्टि हुनेमा हेटौंडा–१ का एक महिला र एक पुरुष गरी दुई जना, हेटौंडा–५ का ४ जना पुरुष, हेटौंडा–९ का महिला १ जना, हेटौंडा–१० का एक महिला र एक पुरुष गरी दुई जना, हेटौंडा–११ का एक महिला र दुई पुरुष गरी ३ जना हेटौंडा–६ का एकजना पुरुष रहेका छन् ।

यस्तै ४१ जना कोरोना संक्रमितहरुको पुनः परीक्षण गर्दा २० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २१ जनाको रिपोर्ट पुनः पोजेटिभ आएको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ ।