हेटौंडाः हेटौंडा–५, पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्डहलका लागि सहयोग प्राप्त हुने क्रम जारी छ । यसैक्रममा अष्ट्रेलियामा रहनुभएका श्रीधर उपाध्याय र अमेरिकामा रहनुभएका शेखर उपाध्यायले पिप्लेस्थित निर्माणाधीन कभर्डहलका लागि १०\१० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
यस्तै हेटौंडा–५, पिप्ले घर भई हाल पोखरा–१७, बिरौटा निबासी मञ्जु खनालले पाँच हजार एक सय रुपैयाँ सहयोग गर्नुभएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो ।
पिप्ले युवा क्लबको अग्रसरतामा बहुउपयोगी कभर्डहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।