हेटौँडा : सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरको १६औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ ।
बुधबार स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । शुक्रबार हेटौँडा एकेडेमीको आयोजनामा रक्तदान कार्यक्रम हुने रक्तसञ्चार केन्द्रका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ ।











