हेटौंडाः आज साँझ मकवानपुर जिल्लाका थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि बिहान पनि १६ जना संक्रमित पहिचान भएका थिए । आज एकै दिन कोरोना भाइरस संक्रमितको संख्या ६१ पुगेको छ ।
![](http://samriddhasamaj.com/wp-content/uploads/2020/09/covid530-774x1024.jpg)
आज साँझ सार्वजनिक भएको विवरणअनुसार हेटौंडा उपमहानगरपालिकामा २१ जना, मनहरी गाउँपालिका मनहरी गाउँपालिकामा २२ जना र कैलाश गाउँपालिकामा २ जना संक्रमित पहिचान भएका छन् । मनहरी गाउँपालिका–८ का मात्रै २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै हेटौंडा–८ का ६ जना, हेटौंडा–५ का ३ जना, हेटौंडा–९ का ४ जना छन् ।