हेटौडाः सोमबार बिहान घरमै मुत्यु भएका मनहरी गाउँपालिका ८ सिम्पानिका कोरोना संक्रमित बृद्धको शव व्यबस्थापन गरिएको छ ।

दम र उच्च रक्तचाप सम्बन्धि सामान्य समस्या भएका कोरोना संक्रमित ६८ बर्षिय वृद्धको आज बिहान १० बजे शव व्यवस्थापन गरिएको मनहरी गाउँपालिकाका प्रमुख एकराज उप्रेतिले बताउनुभयो ।

सुनाचुरी ब्यारेकबाट खटिएका ४ जना सेनाको टोलिद्वारा शवलाई मनहरी गाउँपालिका वडा नम्बर ५ र ८ को बिचमा पर्ने बेलुवा टापु भन्ने ठाउँमा अन्त्येष्टि गरिएको उप्रतिले जानकारी दिनुभयो ।