हेटौंडाः लागूऔषध दूव्र्यसन पुनस्र्थापना केन्द्रको रुपमा सञ्चालित सियान पुनस्र्थापना केन्द्रलाई जेसीआई हेटौंडा लेडीले सहयोग गरेको छ । जेसीज सप्ताह २०२० को अवसरमा पहिलो कार्यक्रममा रुपमा आज हेटौंडा–९ स्थित पुनस्र्थापना केन्द्रमा पुगेर खाद्यान्न सामग्री सहयोग गरिएको हो ।

जेसीआई हेटौंडा लेडीकी अध्यक्ष सुशीला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा अध्यक्ष लक्षमणप्रसाद भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा वडा सदस्य सुकराम केसी, जेसीआई हेटौंडा लेडीकी पूर्वअध्यक्ष रश्मि बस्नेत, सियान पुनस्र्थापना केन्द्रका सञ्चालक सौजन डीसीको पनि उपस्थिति रहेको थियो ।

अस्मिता न्यौपानेको संयोजकत्वमा खाद्यान्न हस्तान्तरण कार्यक्रम भएको हो । यस वर्षको जेसीज सप्ताहको मूल कार्यक्रम संयोजक सृष्टि गोर्खाली रहनुभएको छ भने सहमूल कार्यक्रम संयोजक लिला पुलामी मगर रहनुभएको छ । जेसीआई हेटौंडा लेडीले आज दिउँसो भर्चुअल माध्यमबाट महिला हिंसामा कोरोनाको प्रभाव विषयमा अन्तरक्रियाको समेत आयोजना गर्दैछ ।