Home मुख्य समाचार जेसीआई हेटौंडा लेडीद्वारा पुनस्र्थापना केन्द्रलाई खाद्यान्न सहयोग

जेसीआई हेटौंडा लेडीद्वारा पुनस्र्थापना केन्द्रलाई खाद्यान्न सहयोग

हेटौंडाः लागूऔषध दूव्र्यसन पुनस्र्थापना केन्द्रको रुपमा सञ्चालित सियान पुनस्र्थापना केन्द्रलाई जेसीआई हेटौंडा लेडीले सहयोग गरेको छ । जेसीज सप्ताह २०२० को अवसरमा पहिलो कार्यक्रममा रुपमा आज हेटौंडा–९ स्थित पुनस्र्थापना केन्द्रमा पुगेर खाद्यान्न सामग्री सहयोग गरिएको हो ।

जेसीआई हेटौंडा लेडीकी अध्यक्ष सुशीला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा अध्यक्ष लक्षमणप्रसाद भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा वडा सदस्य सुकराम केसी, जेसीआई हेटौंडा लेडीकी पूर्वअध्यक्ष रश्मि बस्नेत, सियान पुनस्र्थापना केन्द्रका सञ्चालक सौजन डीसीको पनि उपस्थिति रहेको थियो ।

अस्मिता न्यौपानेको संयोजकत्वमा खाद्यान्न हस्तान्तरण कार्यक्रम भएको हो । यस वर्षको जेसीज सप्ताहको मूल कार्यक्रम संयोजक सृष्टि गोर्खाली रहनुभएको छ भने सहमूल कार्यक्रम संयोजक लिला पुलामी मगर रहनुभएको छ । जेसीआई हेटौंडा लेडीले आज दिउँसो भर्चुअल माध्यमबाट महिला हिंसामा कोरोनाको प्रभाव विषयमा अन्तरक्रियाको समेत आयोजना गर्दैछ ।

Exit mobile version