हेटौंडाः मकवानपुरमा आज १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरका ६ जना, मनहरी गाउँपालिकाका ७ जना, बारा र पर्सा जिल्लाका १,१ जना गरी १५ जना संक्रमित थपिएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।