हेटौंडाः हेटौंडा–५, सानोपोखरामा खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले सञ्चालन गरेको फुड बैंकलाई आज पिप्लेमा रहेको व्याट्मिन्टन टोलीले खाद्यान्न सहयोग गरेको छ ।

क्लबको ‘एक व्यक्ति एक दिन सहयोग’ कार्यक्रम अन्तर्गत आज हेटौंडा–५, पिप्लेमा रहेको व्याट्मिन्टन टोलीले ३९ परिवारलाई पुग्ने खाद्यान्न सहयोग गरेको हो । भोलि बुधबार बागमती प्रदेशसभा सदस्य ईन्द्र बहादुर बानियाँले सहयोग गर्ने तालिका रहेको क्लबका सल्लाहकार विशालराज महतले जानकारी गराउनुभयो । क्लबले सानोपोखरामा फुड बैंक सञ्चालनमा आएको सातौं दिनसम्म दुई सय एक परिवारले खाद्यान्न लगिसकेका छन् ।