हेटौंडाः परशुराम स्मृति प्रतिष्ठानले भोलिदेखि हेटौंडामा निशूल्क खाना खुवाउने भएको छ । लकडाउन र निषेधाज्ञाका कारण आम्दानी नभई दैनिक गुजारा गर्न समस्या भएकाहरुलाई प्रतिष्ठानले निशुल्क खानाको व्यवस्था गर्न लागेको हो ।
परशुराम स्मृति प्रतिष्ठान र मकवानपुर जिल्ला फुटबल संघको संयुक्त आयोजनमा हेटौंडाको हुप्रचौरमा निशुल्क खाना खुवाउन लागिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिनुभएको छ । अध्यक्ष लामाका अनुसार भोलिबाट हुने कार्यक्रममा विहान १० बजेबाट २ बजेसम्म हुप्रचौर परिसरमा खाना खुवाइने छ । परशुराम स्मृति प्रतिष्ठानका सन्तोष गौतमले बुबाको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले दुःखमा परेकाहरुका लागि सहयोग गर्न लागेको बताउनुभयो ।