Home समाज सानोपोखरा फुड बैंकलाई व्याट्मिन्टन टोलीको सहयोग

सानोपोखरा फुड बैंकलाई व्याट्मिन्टन टोलीको सहयोग

हेटौंडाः हेटौंडा–५, सानोपोखरामा खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले सञ्चालन गरेको फुड बैंकलाई आज पिप्लेमा रहेको व्याट्मिन्टन टोलीले खाद्यान्न सहयोग गरेको छ ।

क्लबको ‘एक व्यक्ति एक दिन सहयोग’ कार्यक्रम अन्तर्गत आज हेटौंडा–५, पिप्लेमा रहेको व्याट्मिन्टन टोलीले ३९ परिवारलाई पुग्ने खाद्यान्न सहयोग गरेको हो । भोलि बुधबार बागमती प्रदेशसभा सदस्य ईन्द्र बहादुर बानियाँले सहयोग गर्ने तालिका रहेको क्लबका सल्लाहकार विशालराज महतले जानकारी गराउनुभयो । क्लबले सानोपोखरामा फुड बैंक सञ्चालनमा आएको सातौं दिनसम्म दुई सय एक परिवारले खाद्यान्न लगिसकेका छन् ।

Exit mobile version