Home राजनीति स्टिमर मेसिन वितरण गर्दै पुष्पलाल मित्रता केन्द्र

स्टिमर मेसिन वितरण गर्दै पुष्पलाल मित्रता केन्द्र

हेटौंडाः पुष्पलाल मित्रता केन्द्र मकवानपुरले ६० वर्ष माथिका वृद्धवृद्धालाई लक्षित गरी स्टिमर मेसिन वितरण गरेको छ । नेकपासम्वद्ध पुष्पलाल मित्रता केन्द्रले शुक्रबार हेटौंडा उपमहानगरपलिका वडा नम्बर ११ मा दुईजना, वडा नम्बर ९ मा एकजना, वडा नम्बर ४ मा ३ जना र वडा नम्बर ५ मा ५ जना गरी ११ जना वृद्धवृद्धालाई स्टिमर मेसिन वितरण गरेको छ ।

कोरोना भाइरस सङ्क्रमित भई घरमै आइसोलेसनमा बसेका वृद्धवृद्धाहरुलाई तातोपानीको वाफ लिन सहज होस् भनेर स्टिमर मेसिन वितरण गरिएको पुष्पलाल मित्रता केन्द्र मकवानपुरका अध्यक्ष मदन दाहालले जानकारी गराउनु भयो । स्टिमर मेसिन वितरण कार्यक्रममा नेकपा मकवानपुरकी अध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल, नेकपा मकवानपुरका सचिव एवम् बागमती प्रदेश सभा सदस्य पे्रम बहादुर पुलामी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण भण्डारी, पुस्पलाल मित्रता केन्द्रका केन्द्रीय सदस्य रामकुमार एलनको पनि सहभागिता रहेको थियो ।

Exit mobile version