Home मुख्य समाचार उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त

उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त

हेटौँडा : सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग र श्रम मन्त्रालयको जिम्मेवारी सुम्पेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन् ।

नवनियुक्त दुवै मन्त्री रास्वपाका बहालवाला सांसद हुन् । नवनियुक्त मन्त्रीद्वयले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबिच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।

शपथ ग्रहणलगत्तै उनीहरूले आ(आफ्नो मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

यसअघि श्रम मन्त्रालयको जिम्मेवारी पाएका दीपक शाह विवादमा परेपछि हटाइएको थियो भने उद्योग मन्त्रालय प्रधानमन्त्री बालेन्द्र शाहले आफै राख्दै आएका थिए ।

Exit mobile version