नेकपा एमालेका उम्मेद्वार महेश कुमार बर्तौला ।

हेटौँडा : मकवानपुर क्षेत्र नम्बर–२ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेद्वार महेश कुमार बर्तौला ५ हजार भन्दा बढी मतले पछि रहेका छन् । अग्रस्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशान्त उप्रेती भन्दा ५ हजार ७०५ मतले पछि रहँदै बर्तौला दोस्रो स्थानमा छन् ।

मनहरी, राक्सिराङ्ग, कैलाश गाउँपालिका र थाहा नगरपालिकाको मतगणना सम्पन्न भएको छ । हालसम्म ५२ हजार ४४८ मत गणना हुँदा उप्रेतीले १६ हजार १३९ मत प्राप्त गर्दा बर्तौलाले १० हजार ४३४ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका बुद्ध लामाले ९ हजार ५५७ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लवशेर बिष्टले ८ हजार ३९९ मत पाएका छन् । हालसम्मको मतगणना अनुसार यहाँ ३ हजार २३९ मत बदर भएको छ ।