हेटौँडा : प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डीनालाई उज्यालो नेपाल पार्टीका उम्मेद्वार सुरेन्द्र लामाले उछिनेका छन् । शनिबार दिउँसो ४८ हजार ४ सय ८२ मत गणना गर्दा काँग्रेस उम्मेदवार महालक्ष्मी उपाध्यायले ५ हजार ५० मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका उम्मेद्वार सुरेन्द्र लामाले ५ हजार ४ सय ८१ मत पाएका छन् ।

मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतमले २४ हजार ५०१ मतसहित अग्रस्थानमा रहेका छन् । दोस्रोस्थानमा नेकपा एमालेका उम्मेद्वार रामेश्वर रानाले ५ हजार ४९८ मत पाएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का विजय गौतमले १ हजार ९४१ मत मात्रै पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बहादुर सिंहले २ हजार ७३७ मत पाएका छन् ।