हेटौंडाः कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले हेटौंडा–६, गौरिटारस्थित आइसोलेसन वार्डलाई तातो–चिसो पानी उपलब्ध गराउने मेसिन सहयोग गरेको छ । विशेषगरी आइसोलेसन वार्डमा उपचाररत कोरोना भाइरस सङ्क्रमितहरुलाई तातो पानी खान उपयोगी हुने गरी आज मेसिन हस्तान्तरण गरिएको हो ।

संघका अध्यक्ष तेजराज अधिकारी, उपाध्यक्ष नेत्रप्रसाद खतिवडाले हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल र ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई हस्तान्तरण गर्नुभयो । आइसोलेसन वार्डमा उपचाररत कोरोना सङ्क्रमितका लागि दैनिकजसो विभिन्न संघ, संस्था तथा व्यक्तिहरुले सहयोग गरिरहेका छन् ।