हेटौंडाः हेटौंडाका २८ जनमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित पुष्टि हुनेमा १० वर्षीय बालकदेखि ८२ वर्षीय वृद्धा समेत रहेका छन् ।
साउन ३२ गते सङ्कलन गरिएको स्वाब नमूनाको आज रिपोर्ट आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगरपालिकासँगै थाहा नगरपालिकाका २ जनामा पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।