Home अर्थ/व्यापार आइसोलेसन वार्डका लागि कपडा व्यवसायीको सहयोग

आइसोलेसन वार्डका लागि कपडा व्यवसायीको सहयोग

हेटौंडाः कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले हेटौंडा–६, गौरिटारस्थित आइसोलेसन वार्डलाई तातो–चिसो पानी उपलब्ध गराउने मेसिन सहयोग गरेको छ । विशेषगरी आइसोलेसन वार्डमा उपचाररत कोरोना भाइरस सङ्क्रमितहरुलाई तातो पानी खान उपयोगी हुने गरी आज मेसिन हस्तान्तरण गरिएको हो ।

संघका अध्यक्ष तेजराज अधिकारी, उपाध्यक्ष नेत्रप्रसाद खतिवडाले हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल र ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई हस्तान्तरण गर्नुभयो । आइसोलेसन वार्डमा उपचाररत कोरोना सङ्क्रमितका लागि दैनिकजसो विभिन्न संघ, संस्था तथा व्यक्तिहरुले सहयोग गरिरहेका छन् ।

Exit mobile version